काठमाडौँ । भारत आइसिसी महिला एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । गए राति नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा साउथ अफ्रिकालाई पराजित गर्दै भारत पहिलो पटक च्याम्पियन बन्यो।
फाइनलमा भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाएर अलआउट भयो । साउथ अफ्रिकाका लागि लौरा वोल्भार्ड्टले शतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । उनले ९८ बलमा १०१ बनाएकी थिइन् ।
भारतकी दीप्ती शर्माले ५ विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । शाफली बर्माले ८५, दीप्ती शर्माले ५८ र स्मृति मन्धनाले ४५ रन बनाएकी थिइन् ।
