Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ७ गते, सोमबार समय ००:३७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज

केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

लोकप्रिय समाचार

  • 1. कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
  • 2. अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
  • 3. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • 4. स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
  • 5. कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज

दर्शक भन्छन्- त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन छ


  • २०८२ मंसिर ११, बुधबार १५:०९ गते प्रकाशित
  • दर्शक भन्छन्- त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन छ

    कीर्तिपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।

    रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छभने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताए । बस्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उनको गुनासो छ ।

    दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो संस्करण उच्चस्तरको भएको बताउँदै आगामी दिनमा व्यवस्थित खाद्यस्टल तथा शौचालयको सुविधा थप गर्नुपर्नेमा जोशीले जोड दिए । “पोहोर गेटबाट प्रवेश गर्न पनि असहज थियो । दर्शकको घुइँचो व्यवस्थापन कमजोर हुँदा, धक्का खाँदै धुलैधुलो भएर खेल हेर्ने ठाउँ खेज्नुपथ्र्यो । बस्ने स्थान चिसो हुँदा कागज ओछ्याएर बस्नुपर्ने बाध्यता थियो । यसपालि सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइएको छ”, उनले भने ।

    पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताए । शौचालयको पर्याप्त व्यवस्था नहँुदा, पानी र खाजागायतका लागि खाद्यस्टल नभएकाले केही अप्ठ्यारोमा पर्ने गरेको उनले प्रतिक्रिया दिए । “पहिलो दिन त पानीको व्यवस्थासमेत थिएन, दर्शकले आवाज उठाएपछि दोस्रो दिनदेखि पानी भने पाइयो”, उनले भने ।

    भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उनले बताए । आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उनले खुसी व्यक्त गरे ।

    एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुगेकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गरिन् । पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उनले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिए ।

    कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताए । रङ्गशाला अन्तरराष्ट्रियस्तरमा पुगेकाले पोहोरकोभन्दा प्रभावकारी व्यवस्थापन गरिँदा यसपटक खेल हेर्न सहज हुनुका साथै दर्शक पनि बढेका उनको भनाइ छ । “टिकटको मूल्य बढेको भए पनि वितरण र रङ्गशालामा प्रवेश गराउने प्रक्रियासमेत व्यवस्थस्थित छ”, उनले भने ।

    एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिए । “पोहोर यत्तिको व्यवस्था थिएन । टिकट ब्ल्याकमा बिक्री हुने र जो सुकै पनि छिर्न सक्ने अवस्था थियो । अहिले सुरक्षासहित टिकट बिक्रीवितरण पनि प्रभावकारी रूपमा भइरहेको छ”, उनले भने ।

     

    सम्बन्धित समाचार

    कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
    कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    No Image
    कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational