Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार १२ गते, शुक्रबार समय १८:२७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

  • २०८२ पुष ७, सोमबार ०८:३५ गते प्रकाशित
  • सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।

    १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ ।

    पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुगेका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए ।

    उनले भने,‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’

    इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।

    सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ ।

    उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational