Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २८ गते, सोमबार समय २२:०९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

लोकप्रिय समाचार

  • 1. एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
  • 2. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 3. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 4. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
  • 5. प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

  • २०८२ पुष १०, बिहीबार २०:५८ गते प्रकाशित
  • ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

    धादिङ । नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थालेकी थिइन् । घरमै गलैँचाको तान (ठग्टी) हालेर गलैँचा बुन्दै आएकी उनले हालै सो काम छाडेकी छन् ।

    सुरुमा सोचेजस्तो आम्दानी नभएपछि उनले काम छाडेकी हुन् । उनले भनिन्, “राम्रै आम्दानी हुन्छ कि भनेर तालिम लिएरै गलैँचा बुन्न थालियो । एउटा गलैँचा बुन्न तीन साता लाग्छ तर बुनेको ज्याला पाँचदेखि सात हजार पाइन्छ ।”

    सुरुमा सिक्दा नजानेर ढिलो भएको होला भन्ने लागेपनि पछिसम्म जति बुन्दा पनि मेहनत अनुसार आम्दानी नभएपछि काम छाडेको देवकीले बताइन् । देवकीलेझैँ उनका धेरै गाउँले महिलाहरुले गलैँचा बुन्ने काम क्रमशः छाड्न थालेका छन् ।

    महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम दिएको थियो । उनीहरुलाई वडाले तान पनि उपलब्ध गराएको थियो । मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरुले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन् । आफूले तयार पारेको एउटै गलैँचा विदेशमा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ भन्ने उनीहरुले सुनेका छन् । तर बुनेको ज्याला सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका–८, रामकोटकी लक्ष्मी श्रेष्ठले बताइन् ।

    गलैँचाका लागि आवश्यक कच्चापदार्थ कहाँबाट आउँछ, बुनेका गलैँचा कहाँ लगेर बिक्री गर्ने भन्नेबारे श्रमिकहरूलाई थाहा हुँदैन । गाउँमा गलैँचा उत्पादक कम्पनीका प्रतिनिधि जान्छन् । आवश्यक धागो, कैँची, तान र गलैँचाको नक्शासमेत घरमै पु-याइदिन्छन् । ज्याला पनि उनै प्रतिनिधिले तोकि दिन्छन् । श्रेष्ठले भनिन्, “कम्पनीको मान्छेले सबै सामान ल्याइदिन्छ, हाम्रो लगानी पर्दैन । तर पनि हाम्रो दैनिक ज्याला उठ्दैन ।”

    विभिन्न ठाउँमा प्रशिक्षकको रुपमा काम गर्दै आएका लालबहादुर श्रेष्ठले घरमा बसेर गर्न मिल्ने भएकाले ज्याला थोरै दिने गरेको बताए । कम्पनीले कति रुपैयाँ दिन्छ भन्नेबारे आफूलाई थाहै नहुने बताए ।

    मोटो वा मसिनो धागो र चित्रअनुसार ज्याला फरक छ । मोटो धागोको बुन्न छिटो हुन्छ, पैसा कम दिन्छ । मसिनो धागोको बुन्न गाह्रो र ढिलो हुन्छ पैसा धेरै आउँछ । लामो समयदेखि गलैँचा बुन्न सिकाउँदै आउनुएका लालबहादुरका अनुसार मोटो धागोले बुन्न १८ देखि २० दिन लाग्छ भने मसिनो धागोले एउटा गलैँचा तयार गर्न एकजनालाई ४० देखि ४५ दिन लाग्छ ।

    मोटो धागोबाट तयार पारेको बुट्टाअनुसार पाँचदेखि सात हजार र मसिनो धागोबाट तयार पारेको १७ देखि १८ हजार ज्याला दिन्छ । एक वर्षअघि वडा कार्यालयले दिएको तालिममा २० जनाले गलैँचा बुन्न सिकेका थिए । १८ जनाले तान घरमै लगेर बुन्न थालेका थिए । तर हाल सो सङ्ख्या घटेर पाँचजनामा झरेका छन् ।

    गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङकाअनुसार कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ र गलैँचा तयार गरिसकेपछि फेरि विदेशमै निर्यात गरिन्छ ।

    महिलाले बुनेका ९० सेन्टिमिटर चौडाइ र १९० सेन्टिमिटर लम्बाइको गलैँचाको बजार मूल्य बुट्टाअनुसार १५ देखि २५ हजार पर्छ । ढुवानी, प्रशोधन गरी बिक्रीका लागि तयार गर्दा खर्च धेरै हुने भएकोले श्रमिकलाई पाँचदेखि सात हजारभन्दा बढी ज्याला दिन नसकिने उनको भनाइ छ ।

    कमजोर अध्ययनको भरमा कार्यक्रम गर्दा यस्ता अवस्था आउने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले बताए । स्थानीय तहले हचुवाको भरमा बजेट हाल्ने र पहुँचको आधारमा बजेट लगानी गर्दा पनि समस्या भएको पुरीको भनाइ छ ।

    नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय महिलाको मागअनुसार तालिम सञ्चालन गरेको बताए । धादिङको नीलकण्ठ, नेत्रावती, गङ्गाजमुना, सल्यानटार, महादेवबेँसी लगायतका स्थानमा गलैँचा बुन्ने श्रमिकहरू छन् । जिल्लाभर चार सयको हाराहारीमा गलैँचा बुन्ने श्रमिक छन् ।

    सम्बन्धित समाचार

    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational