Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २८ गते, सोमबार समय २०:५९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

लोकप्रिय समाचार

  • 1. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 2. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 3. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
  • 4. प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
  • 5. डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • २०८२ माघ १०, शुक्रबार १०:३३ गते प्रकाशित
  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ । वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो ।

    कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ । संरक्षणको अभावमा तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अबरोध सृजना भएको छ ।

    “ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ, “बोहराले भने, “स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ ।”

    तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन् । अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ । विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको श्रृङखला सुरु भएको स्थानीयको भनाइ छ । स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ ।

    ‘पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ’, महराले दुःख व्यक्त गरे । तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ ।

    प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ । सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको छ । स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन् । पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खल्बलिन पुगेको छ ।

    देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् । सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन ।

    जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ ।

    ‘दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौँ,’ प्रमुख बोहराले भने, ‘तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल संकटमा परेको छ ।’ कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति हुदा देखिनै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको बताए।

    ‘पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानविय बसोवास थिएन,’ उनले भने, ‘आरक्ष विस्थापीतको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दावी गर्न थालेपछि विवाद देखिएको छ ।’ तालमा दुवै पालिकाले दावी रहेपछि नापी विभागबाट नापी टोली बोलाएर सीमा यकिन गरि समस्या समाधान गर्ने सहमती भएको उनले बताए।

    क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि यो ठूलो आम्दानीको स्रोत बन्न सक्थ्यो । ताललाई पुनर्जीवन दिन सके कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ ।

    वर्तमान अवस्थामा यो ताल केवल दुई पालिकाको सीमा विवादको शिकार बनेको छ । यदि समयमै प्राविधिक टोलीमार्फत सीमाना रेखांकन गरी अतिक्रमण नहटाउने हो भने केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने देखिएको छ ।

    सम्बन्धित समाचार

    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational