Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २३ गते, बिहीबार समय १०:१०
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा

निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

लोकप्रिय समाचार

  • 1. दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
  • 2. निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
  • 3. बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
  • 4. निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
  • 5. प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा

  • २०८२ माघ २२, बुधबार १९:०६ गते प्रकाशित
  • बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरूलाई देशको भविष्य मात्र नमानेर वर्तमानका ‘पार्टनर्स’ बनाएर हिँड्ने घोषणा गर्दै पार्टीले नगर्ने विषयको घोषणा गरेका छन् । थापाले बुधबार (माघ २१) एक भिडियो सन्देश जारी गर्दै कांग्रेसले विगतका गल्ती नदोहोर्‍याउनेगरी पार्टी बदलेको बताए ।

    उनले पार्टी सरकार बाहिर बस्न तयार हुने तर, गठबन्धन नगर्ने घोषणा गरे । त्यसबाहेक उनले नवयुवा (जेनजी)का मुद्दाअनुसार बदलिने पहिलो पार्टी भएको भन्दै अब त्यसको कार्यान्वयन गर्ने अवसर सरकारमा गएर गर्ने म्यान्डेट प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

    “तपाईं (जेनजी)को आह्वानका आधारमा कांग्रेस बदलिएको छ, अब तपाईंसहितको विश्वासले बदलिएको कांग्रेसले देश बदल्नेछ,” थापाले भने, “तपाईंले यो सन्देश जनजनमा पुर्‍याइदिनुपर्छ । हरेक नागरिकमा यो सन्देश दिएर देशको परिवर्तनको नेतृत्वका लागि काम गर्ने अवसर दिनुपर्छ ।”

    उनले हिजोको नेपाली कांग्रेस नरहेको भन्दै बदलिएको कांग्रेस युवाहरुको ‘भ्यालुज’सँग ‘म्याच’ गर्ने बताए । “तपाईं केमा विश्वास गर्नुहुन्छ । सबैभन्दा बढी ‘पर्सनल फ्रिडम’मा विश्वास गर्नुहुन्छ होइन ?,” नयाँ पुस्तालाई प्रश्न गर्दै भने, “आजको नेपाली कांग्रेस युवाहरूलाई विश्वास र साथ लिएर सँगसँगै हिँडाउन चाहन्छ । एकछिन सुन्नुभयो भने तपाईं रुख चिह्नमा मत हाल्न तयार हुनुहुनेछ । अरुलाई पनि रुख चिह्नमा मत हालेर नयाँ युगको आवश्यकता सम्बोधन गर्ने पार्टीलाई साथ दिन तयार हुनुहुनेछ ।”

    उनले कांग्रेसलाई बदलेर लैजाने र तत्काल परिवर्तन चाहने युवाहरूको आवाज सुनेर नै आफूले जोखिम उठाएर नेतृत्व परिवर्तनमा होमिएको बताए । देख्दा सामान्य लागे पनि आफूले धेरै ठूलो जोखिम उठाएर पार्टीको विशेष महाधिवेशनमार्फत कांग्रेस बदलेको उनको दाबी छ ।

    “सजिलो थिएन तर, यो गर्नेपर्ने थियो । हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ,” थापाले भने, “यो पुरानो कांग्रेस होइन नयाँ, बदलिएको कांग्रेस हो । बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन ।”

    उनले नयाँ कांग्रेस भनेको के हो भनेर पनि प्रस्ट पार्ने प्रयास गरेका छन् । “हिजोको सबै नेताहरू खराब हुन् भन्ने होइन । बदलिएको भनेको हामी नयाँ सोचका साथ आएका छौँ, नयाँ भन्नुको मतलब पुरानासँग सम्बन्धविच्छेद भएको भन्ने पटक्कै होइन,” उनले भने, “डेमोक्रेसी, सोसल जस्टिस (सामाजिक न्याय) डाइभर्सिटी (विविधता) यो त हाम्रो आत्मा हो, हाम्रो जरा हो । नयाँ कांग्रेसले यो जरालाई त अझ फैलाउने हो ।” उनले नयाँ कांग्रेसले आफ्ना ‘कोर भ्यालुज’लाई नयाँ तरिकाले पस्कने बताए ।

    सम्बन्धित समाचार

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
    निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
    निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी
    बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
    बदलिएको कांग्रेस प्रश्नबाट भाग्दैन, गठबन्धनतिर लाग्दैन : गगन थापा
    निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
    निर्वाचन २९ दिन बाँकीः समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
    प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
    प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा
    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational