Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ माघ २७ गते, सोमबार समय ०५:११
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’
प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित
आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

लोकप्रिय समाचार

  • 1. प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’
  • 2. ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
  • 3. रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
  • 4. आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित
  • 5. सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

  • २०८२ माघ २६, आईतवार १९:१८ गते प्रकाशित
  • आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

    काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो।

    इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए।

    ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भएका थिए। उनलाई विल ज्याक्सले कट एण्ड बोल्ड गराएका थिए। नेपालले पावरप्लेमा २ ओपनर गुमाउँदै ४७ रन बनाएको थियो। १० ओभरमा नेपालले २ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। यति बेलासम्म नेपाल इङ्ल्यान्डभन्दा अगाडि रहेको थियो। बीचमा रोहित र दीपेन्द्रले क्रिज सम्हाल्दा एक समय १२४ मा तेस्रो विकेट गुमाएको नेपालले खेल जित्छ भन्नेसम्म पुगेको थियो।

    १८औँ ओभरमा लोकेश बमले हानेको २ छक्काले खेल नेपालको पक्षमा पुर्‍याएको थियो। लोकेश बम ३९ र करण केसी १ रनमा अविजित रहे। इङ्ल्यान्डका लागि लियम डाउसनले सर्वाधिक २ विकेट लिए। लुक वसड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले १-१ विकेट लिए।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।

    पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औँ खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्।

    दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो।

    १० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतीमा ८४ रन बनाएको थियो। ११।२ ओभरमा ३ विकेटको क्षतीमा इङ्ल्यान्डले १०० रन पूरा गरेको हो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३।४ ओभरमा दीपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए।

    पाँचौँ विकेटको रूपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड गरे। छैटौँ विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए। विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शुन्यमा अविजित रहे।

    नेपालको लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामछानेले १-१ विकेट लिए। नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग यही मैदानमा खेल्नेछ।

    सम्बन्धित समाचार

    प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’
    प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’
    ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
    ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
    रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
    रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
    आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित
    आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
    आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational