Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ४ गते, सोमबार समय ०४:४४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन

अझै चुनावको लागि ढुक्कको वातावरण बनिनसकेको ओलीको टिप्पणी
अझै चुनावको लागि ढुक्कको वातावरण बनिनसकेको ओलीको टिप्पणी

वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो
वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

लोकप्रिय समाचार

  • 1. एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
  • 2. राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
  • 3. अझै चुनावको लागि ढुक्कको वातावरण बनिनसकेको ओलीको टिप्पणी
  • 4. वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो
  • 5. निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा

वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो

  • २०८२ फाल्गुन ३, आईतवार १४:४२ गते प्रकाशित
  • वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो

    काठमाडौँ । नेपाललाई ९ विकेटले हराउँदै दुई पटकको च्याम्पियन वेस्ट इन्डिज आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा प्रवेश गरेको छ।

    तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकिएको छ।

    आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो।

    उसका लागि कप्तान शाइ होपले अर्धशतक प्रहार गरे। उनले नटआउट ६१ रन बनाउने क्रममा ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शिमरन हेटमेयरले नटआउट ४६ रन बनाए। उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

    त्यसअघि ब्रान्डन किङ २२ रनमा आउट भएका थिए। उनलाई नन्दन यादवले कुशल भुर्तेलबाट क्याच गराएका थिए।

    त्यसअघि टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपाललाई आशा दिएका हुन्। अन्तिम ओ‌भरमा आउट हुनुअघि उनले ५८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रको अर्धशतक महत्वपूर्ण साबित भयो।

    नेपालका लागि टी-२० विश्वकपमा दोस्रो अर्धशतक बनाउने खेलाडी बनेका दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा नेपालको आशा पलायो।

    यो नेपालले विश्वकपमा १२ वर्षपछि अर्धशतक हो। यसअघि सन् २०१४ मा नेपालका लागि सुवास खकुरेलले अफगानिस्तानविरूद्ध अर्धशतक प्रहार गरेका थिए।

    नेपालको सुरुवात राम्रो भने हुन सकेन। पहिलो ओभरमै कुशल भुर्तेल अकिल हुसेनबाट बोल्ड भए। ३ बल खेलेका भुर्तेलले १ रन मात्र जोड्न सके। वेस्ट इन्डिजविरूद्ध खेलेका यसअघिका तीन टी-२० खेलमा पनि भुर्तेल अकिलकै सिकार बनेका थिए।

    एकदमै दबाबमा खेलेको नेपाल तेस्रो ओभरमा कप्तान रोहितकुमार पौडेललाई ५ रनमा गुमायो। म्याथ्यू फोर्डको एलबिडब्लू अपिलमा अम्पायरले आउट दिएका थिए। रोहितले रिभ्यू गरे पनि उनी आउट देखिए।

    अर्को ओभरमा आसिफ शेख फाइन लेगको फिल्डर क्याच भए। उनले १० बल खेल्दा २ चौका प्रहार गर्दै ११ रन जोड्न सके।

    लगातार विकेट गुमाएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा २२ रन मात्र जोड्न सक्यो। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। सातौ ओभरमा होल्डरले नै आरिफ शेखलाई मिड विकेटमा रहेका फिल्डरबाट समातिए। आरिफले ८ बल खेल्दा २ रन मात्र बनाउन सके।

    त्यसपछि केही टिकेका लोकेश बमले १५ बल खेलेर १३ रन जोडे। उनले सामर जोशेफले विकेट पछाडि शाइ होपबाट क्याच गराए। लोकेशले दुई चौका प्रहार गरेका थिए।

    गुल्सन झा आजको खेलमा पनि चल्न सकेनन्। उनी १५औं ओभरको अन्तिम बलमा बोल्ड भए। रोस्टन चेजबाट बोल्ड भएका गुल्सनले ११ रन जोड्दा १४ बल खेल्दा एक छक्का प्रहार गरे। उनले दीपेन्द्रसिंह छैटौं विकेटका लागि २७ रनको साझेदारी गरे।

    त्यसपछि दीपेन्द्र र सोमपाल कामीले केही राम्रो ब्याटिङ गरे। सोमपालले १८औं ओभरमा जेसन होल्डरलाई लगातार तीन चौका प्रहार गर्दा नेपालले ओभरमा १६ रन जोडेको थियो भने सय रन कटाउन सफल भएको थियो। १९औं ‌‍ओभरमा पनि नेपालले सामर जोशेफलाई १८ रन प्रहार गर्‍यो। यो ओभरमा दीपेन्द्रले सामरलाई दुई छक्का प्रहार गरे।

    अन्तिम दीपेन्द्र आउट हुनुअघि उनीहरुबीच सातौं विकेटका लागि ५४ रनको साझेदारी भएको थियो। जसले नेपाललाई राहत मिल्यो। सोमपालले नटआउट नटआउट २६ रन बनाए। सोमपालले १५ बलमा ४ चौका प्रहार गरे। अन्तिम बलमा आउट भएका करण केसीले १ रन मात्र बनाउन सके।

    आजको खेल खेलेसँगै सोमपाल नेपालका लागि तीन वटा विश्वकप खेल्ने एक्ला खेलाडी बने। यसअघि सोमपालले २०१४ र २०२६ को विश्वकप पनि खेलेका थिए।

    बलिङमा वेस्ट इन्डिजका जेसन होल्सरले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए।

    अब नेपालले समूहको अन्तिम खेलमा मंगलबार राति सवा सात बजे स्कटल्यान्डसँग मुम्बईमै खेल्नेछ।

    सम्बन्धित समाचार

    एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
    एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
    राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
    राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन
    अझै चुनावको लागि ढुक्कको वातावरण बनिनसकेको ओलीको टिप्पणी
    अझै चुनावको लागि ढुक्कको वातावरण बनिनसकेको ओलीको टिप्पणी
    वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो
    वेस्ट इन्डिज सुपर ८ मा प्रवेश, नेपाल बाहिरियो
    निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा
    निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा
    सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
    सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational