Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन १७ गते, आईतवार समय ०४:५९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट
प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
प्रतिनिधिसभा निर्वाचन : निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?
निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

लोकप्रिय समाचार

  • 1. प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
  • 2. ‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
  • 3. प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट
  • 4. प्रतिनिधिसभा निर्वाचन : निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
  • 5. निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?

प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

  • २०८२ फाल्गुन १६, शनिबार २३:३१ गते प्रकाशित
  • प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

    काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये ९४ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

    हालसम्म ८८ जनालाई स्पष्टीकरण र छ जनालाई पुन: स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । दोहोर्‍याएर स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको उनले बताए ।

    आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको जोशीले जानकारी दिए ।

    उनका अनुसार निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लंघनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ ।

    प्राप्त भएका ५७ वटा जवाफको थप अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको कानुन अधिकृत जोशीले बताए।

    जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकरकोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    छोटो समयमा सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगका कानुन अधिकृत जोशीले उल्लेख गरे ।

    जिल्ला जिल्लामा गरी हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटाको फछ्र्यौट गरिएको आयोगले जनाएको छ । उनका अनुसार राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता, २०८२ उल्लंघनसम्बन्धी लुम्बिनी प्रदेशका जिल्लामा बढी उजुरी परेका छन् ।

    सम्बन्धित समाचार

    प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
    प्रतिनिधि सभा निर्वाचन: आचारसंहिता उल्लंघन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
    ‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
    ‘मौनअवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ’ : निर्वाचन आयुक्त जबरा
    प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट
    प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
    प्रतिनिधिसभा निर्वाचन : निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
    निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?
    निर्वाचन आउन ६ दिन बाँकी, के के मा लगाइयो प्रतिबन्ध?
    फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
    फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational