इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा जानकारी गराएको छ।
केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।
इरानका प्रतिष्ठित मानिएका तसनीम तथा फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता खामेनीको मृत्यु भएको जनाएका हुन्। यद्यपी सरकारले स्पष्ट जानकारी दिएको छैन्।
यसअघिनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत खामेनि मारिएको र त्यसको प्रमाण आफूसँग रहेको बताएका थिए। खामेनीले परिवारका अन्य सदस्य पनि गुमाएका छन्।
