काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्।
डोनाल्ड ट्रम्पले फेसबुकमार्फत यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।
यसबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् ।
यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ । उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् ।
इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ ।
‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पले भनेका थिए ।
यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकी र इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गइरहेको’ बताएका थिए।
