Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २१ गते, बिहीबार समय २०:४५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो

११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो

देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

लोकप्रिय समाचार

  • 1. देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो
  • 2. ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
  • 3. देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
  • 4. प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
  • 5. प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो


  • २०८२ फाल्गुन २१, बिहीबार १९:०८ गते प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।

    यसैगरी आयोगले पत्रकार सम्मेलन गर्दै देशभरको निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने सबै पक्ष नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता र सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

    प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको आयुक्त रामप्रसाद भण्डारीले बताए ।

    उनले भने, ‘२०८२ फागुन २१ गते बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि साझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । यस कार्यको लागि सहयोग गरेकोमा निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानिय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आममतदाता, सञ्चारमाध्यम सम्पूर्ण सरोकारहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छौं । देशभर प्राप्त विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।’

    यसैगरी मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार मतगणना तत्काल सुरु हुने जनाइएको छ । केही मतदान केन्द्रमा भने तोकिएको समयमा प्रवेश गरेका मतदाताहरूले मतदान प्रक्रिया जारी राखेका छन् ।

    निर्वाचन प्रर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक रिपोर्टले पनि देशभर शान्तिपूर्ण मतदान भएको पुष्टि गरेको समेत आयोगले जनाएको छ ।
    दुर्गम १५ जिल्लामा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ । यसमा ताप्लेजुङ, रसुवा, दोलखा, बाजाङ, पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ । संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रबार बिहानसम्म मतपेटिका मतगणना स्थलमा पुर्याइने निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित समाचार

    No Image
    देशभर शान्तिपूर्ण मतदान सम्पन्न, ६० प्रतिशत मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    ११ बजेसम्म देशभरि १९ लाख २३ हजार बढी मत खस्यो
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    देशभर ६५ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    प्रतिनिधि सभा निर्वाचनको मतदान देशैभर शुरु
    No Image
    प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
    निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational