Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २७ गते, बुधबार समय ०३:३१
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

तेल संकटले एसियामा तनाव
तेल संकटले एसियामा तनाव

अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने

ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी

समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

लोकप्रिय समाचार

  • 1. विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
  • 2. तेल संकटले एसियामा तनाव
  • 3. अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
  • 4. ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
  • 5. समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै


  • २०८२ फाल्गुन २६, मंगलवार १९:०२ गते प्रकाशित
  • विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

    काठमाडौं – नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो त्रैमासिकको विवरणमा जापान आकर्षणमा परेको छ ।

    जापानी भाषा सिकेर थप पढ्न र काम गर्न जापानमा सहज हुने भएकाले पनि विद्यार्थीको चाप देखिको हो । केही वर्ष अघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया हुने गरेको थियो । यस आर्थिक वर्षको गत १ साउनदेखि असोज मसान्तसम्म कूल २८ हजार ५८५ विद्यार्थीले मन्त्रालयको भक्तपुरस्थित शाखाबाट ‘नो अब्जेक्सन लेटर’ लिएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये जापानका लागि नौ हजार ४५३, अस्ट्रेलियाका लागि सात हजार ७३० र संयुक्त अधिराज्य बेलायतका लागि चार हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन् ।

    मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजंग थापाले गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थी बढेको बताए । उनले आज केही समय ‘एनआइडीसी’ को ‘सिस्टम डाउन’ भएकाले विद्यार्थीलाई छिटो सेवा दिन नसकिएको भन्दै ‘अनलाइन’ प्रणालीका आधारमा एनओसी सेवा पाउन आवेदन दिन र स्वीकृतिको प्रणाली विकास गरिएकाले कागजात पूरा गरिएका आवेदकहरूको पालोअनुसार स्वीकृति हुने बताए ।

    गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देशका लागि जम्मा एक लाख २३ हजार ५८९ ले विदेश पढ्नका लागि स्वीकृति लिएका थिए । स्वीकृति लिएकामा जापानका लागि अत्यधिक ३९ हजार ८४७ रहेका छन् ।

    यस्तै उत्कृष्ट पाँच गन्तव्य देखिएको मध्येमा बेलायतका लागि २७ हजार ४७५, अस्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि नौ हजार ७५७, संयुक्त राज्य अमेरिकाका लागि आठ हजार ८७० छन् । अध्ययन गर्ने विषयका आधारमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयका देखिएका छन् । सो विषयमा एक लाख १६ हजार सात सय ८० विद्यार्थीले गत आर्थिक वर्षमा पूर्वस्वीकृति लिएका छन् ।

    यस्तै सूचना प्रविधि विषयमा ३० हजार ७४४, विज्ञान विषयमा २० हजार ६७४ र हस्पिटालिटीमा १४ हजार २३ विद्यार्थी रहेका छन् । मन्त्रालयले विदेशका विश्वविद्यालय र कलेजको आधिकारिकता र शिक्षणका लागि भौतिक पूर्वाधारको अनुकूलताका आधारमा कार्यक्रमगत सूची पनि हालै अद्यावधिक गरेको छ ।

    वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिकामा विश्वविद्यालय वा शिक्षण संस्थाको बेबसाइट उपलब्ध रहेको तिनको वरियताक्रम प्रदान गर्ने ‘टाइम्स हाइयर एजुकेशन’ वा ‘क्युएस वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङ’को वरियता सूचीमा रहेकाहरूको सूची यही फागुन ११ गते मन्त्रालयले अध्यावधिक गरेको हो । विदेशमा पढ्न जाने विद्यार्थीका लागि समस्या भोग्नु नपरोस् भन्ने अभिप्रायाले मन्त्रालयले विश्वविद्यालय र कलेजको आधिकारिकता पहिचानमा सहजीकरण गरेको हो ।

    मन्त्रालयले आफूलाई ती मुलुकका आधिकारिक च्यानलबाट प्राप्त जानकारीका आधारमा चीन, अस्ट्रेलिया, नर्वे, यूएई, बेलायत, आयरल्याण्ड, स्पेन, माल्टा, अमेरिका, जर्मनी, इटली, लिथुवानिया, कोरिया, कतार र माल्दोभाका विश्वविद्यालय र कलेजसम्बन्धी आधकारिक सूचना प्रदान हुने पोर्टलहरू प्रकाशन गरेको छ ।

    सम्बन्धित समाचार

    विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
    विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
    तेल संकटले एसियामा तनाव
    तेल संकटले एसियामा तनाव
    अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
    अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने
    ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
    ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, व्यवसाय बन्द हुनसक्ने चेतावनी
    समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
    समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational