Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २९ गते, शुक्रबार समय ११:४५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै

ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

लोकप्रिय समाचार

  • 1. हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
  • 2. राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
  • 3. ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
  • 4. एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
  • 5. समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा


  • २०८२ फाल्गुन २८, बिहीबार १३:२३ गते प्रकाशित
  • पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।

    ‘उहाँले धेरै दुखजिलो गरेर पुल बनाउँछन्। यसले उनको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,’ उनले भने, ‘तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ । पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ ।’

    उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो । मर्चवारबाट सिधैँ कक्रहवा, लुम्बिनीहुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।

    भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताउँछन्। अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उनको भनाइ छ ।

    ‘अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,’ उनले भने, ‘यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रुपमा आवतजावत गर्न सकिन्थ्यो । पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ ।’

    स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ ।

    ‘यस पारिका मानिसहरुको खेत उता छ भने उता बस्नेको खेतयता छ, ‘ उनले भने, ‘बाढी आउँदा त कोही पनि आउनजान सक्दैनन् । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ ।’

    स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ । पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिना अघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन् । तयार भएको पुल कुर्न बासमती मल्लाह दिनभरि घाटमै बस्छन्।

    परिवारका तीन जनाले मिलेर पुल बनाएका बासमतीले दिनको कहिले १००, कहिले १५० त कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्। बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म ‘मल्लाही’ तिर्छन । ;यही घाटको आम्दानीबाट नून–तेल र घरखर्च चल्छ,’ बासमतीले भने, ‘हामीसँग आफ्नै खेतीपाती छैन । यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो ।’

    उनले स्थानीयहरुले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँ लगायतको जिन्सी (जिउका) लिने गरेको बताए। जिउका बापत चार देखि १० पाथीसम्म प्रति घर अन्न पाउने गरेको उनको भनाइ छ ।

    वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन् ।स्थानीयवासीका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ ।

    सम्बन्धित समाचार

    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    ढोरपाटनमा पुग्यो केन्द्रीय लाइन
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
    No Image
    समानुपातिक सिट बाँडफाँट: रास्वपाले पायो ५७ सिट
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने
    अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational