इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द भएको छ । सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरुको भिसा बन्द गरेको हो ।
सरकारी र कुटनैतिक राहदानीबाहक बाहेकका ईरानी नागरिकले अब विदेशस्थित नेपाली दूताबासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए । पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अन अराइभल भिसा बन्द गरेको हो ।
नेपालले यसअघि १२ देशका नागरिकलाई अन अराभइल भिसा बन्द गर्दै आएको थियो । अब त्यो संख्या १३ पुगेको छ।
कुन–कुन देशका नागरिकले पाउँदैनन् नेपालमा अन अराइभल भिसा ?
१.नाइजेरिया
२.घाना
३.जिम्बावे
४.स्वाजील्याण्ड
५.क्यामरुन
६.सोमालिया
७.लाइबेरिया
८.इथियोपिया
९.इराक
१०.प्यालेस्टाइन
११.अफगानिस्तान
१२.सिरिया
१३.इरान
