गोरखा- मनकामना मन्दिरको दर्शन गरेर फर्किएको एक विद्युतीय (ईभी) माइक्रो बस गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
उद्धारकर्ता स्थानीयले घटनास्थलबाट ७ जनाको शव निकालिएको बताएका छन्।
बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रो सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार उक्त माइक्रोमा भारतीय पर्यटकहरू सवार रहेका थिए।
स्थानीय प्रत्यक्षदर्शीहरूले ७ जनाको मृत्यु भएको बताए पनि आधिकारिक रूपमा यसको पुष्टि हुन बाँकी रहेको छ।
घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीका साथै स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटिरहेका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाउने क्रम जारी छ।
दुर्घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन अझै समय लाग्ने प्रहरीले जनाएको छ।
