Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ६ गते, आईतवार समय १७:२३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज

केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

लोकप्रिय समाचार

  • 1. अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
  • 2. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • 3. स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
  • 4. कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
  • 5. केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?

संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित


  • २०८३ बैशाख ३, बिहीबार २१:११ गते प्रकाशित
  • संसद्का १० वटा समितिका सभापति निर्विरोध निर्वाचित

    प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।

    प्रतिनिधि सभाअन्तर्गतका १० वटा र दुई वटा संयुक्त समितिका सभापतिका लागि बिहीबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। त्यसमा १० वटा समितिमा एकल उम्मेदवारी परेको छ भने दुई वटा समितिमा दुई–दुई जनाको उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिए।

    प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सभापतिका लागि रामेछापको मन्थली-१२ का ४५ वर्षीय बुढाथोकीको मात्रै उम्मेदवारी परेको थियो। रास्वपाकै पुष्पा चौधरी प्रस्तावक रहेकी थिइन् भने सुशीला खड्काले समर्थक रहेकी थिइन्।

    त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा सुरेन्द्र चौधरी र समर्थकमा विना गुरुङ रहेका थिए।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा सोम शर्मा र समर्थकमा अरविन्द साह रहेका थिए।

    प्रतिनिधि सभा अन्तर्गतकै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा प्रकाशचन्द्र परियार र समर्थकमा मनिष खनाल रहेका थिए।

    संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा मधुकुमार चालागाई र समर्थकमा गजाला शमीम मिकरानी रहेका थिए।

    प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा पुरुषोत्तम शुप्रभात यादव र समर्थकमा श्रद्धा कुवर क्षेत्री रहेकी थिइन्।

    त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका थिए।

    प्रतिनिधि सभाअन्तर्गतकै महिला तथा सामाजिक मामिला समिितको सभापतिमा रास्वपाकी आकृति अवस्था निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा दिपककुमार साह र समर्थकमा प्रमिला कुलुजू थिए।

    यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा प्रदिप विष्ट र समर्थकमा निशा डाँगी रहेकी थिइन्।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा समिना मिया र समर्थकमा केपी खनाल रहेका थिए।

    प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि भने निर्वाचन हुने प्रतिनिधि सभाका सचिव राईले बताए। यो समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन्। शेरचनको प्रस्तावकमा डा. लेखजंग थापा र समर्थकमा खुश्बु सरकार श्रेष्ट थिए भने बरालको प्रस्तावकमा सीता थपलिया र समर्थकमा भीमकुमारी बुढा मगर रहेका थिए।

    यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ। यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी छन्। कार्कीको प्रस्तावकमा रिमा विश्वकर्मा र समर्थकमा सुशान्त वैदिक तथा शाहको प्रस्तावकमा जनकराज गिरी र समर्थकमा पुष्पराज कँडेल रहेका छन्।

    शुक्रबार सम्बन्धित समितिको बैठकमा सभापतिको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधि सभाका सचिव राईले बताए। सम्बन्धित समितिमा प्रस्तावकले सभापतिको नाम प्रस्तुत गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्।

    एकल उम्मेदवारी परेका उम्मेदवारलाई निर्विरोध सभापति निर्वाचित भएको घोषणा गरिनेछ। शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बोलाइएको छ।

    सम्बन्धित समाचार

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    No Image
    कांग्रेसको आधिकारिकता गगन नेतृत्वको टिमले पायो, देउवा पक्षको रिट खारेज
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता, के भयो कुराकानी ?
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स
    अब ट्रायल पास गरेको २४ घण्टाभित्र सवारी लाइसेन्स

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational