Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ७ गते, सोमबार समय १८:००
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

लोकप्रिय समाचार

  • 1. आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
  • 2. कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
  • 3. कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
  • 4. अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
  • 5. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

  • २०८३ बैशाख ७, सोमबार १०:०३ गते प्रकाशित
  • आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

    काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

    शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

    यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

    गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्राध्यापक तोयराज नेपालले बताए । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

    ‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनिमात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ’, उनले भने ।

    आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

    सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    सम्बन्धित समाचार

    आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
    आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
    No Image
    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
    कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
    कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट
    स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला, तेलको मूल्यमा उच्च गिरावट

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational