Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार १२ गते, शुक्रबार समय ०८:५५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

  • २०८३ बैशाख ९, बुधबार २३:४६ गते प्रकाशित
  • सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

    काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ ।

    २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।

    आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    आयोगका अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका छन् ।

    जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ।
    एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ।

    आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।

    आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ।

    आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ।

    कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

    यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट ९स्क्रिनिङ० गरिरहेको छ।

    आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational