काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै वास्तविक सुकुम्वासीहरूलाई प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने घोषणा गरेका हुन् ।
“अतिक्रमणकारी र सुकुम्वासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्वासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,” प्रधानमन्त्री बालेनले लेखेका छन् ।
