राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गरेका छन्। यसअघि बिहीबार र शुक्रबार गरी तीन अध्यादेश जारी गरेका थिए।
शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।
