Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १८ गते, शुक्रबार समय १३:१९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

सरकारी गाडी दुरुपयोगमा कडाइ, पहुँचका भरमा लिइएका ६२२ वटा साधन फिर्ता
सरकारी गाडी दुरुपयोगमा कडाइ, पहुँचका भरमा लिइएका ६२२ वटा साधन फिर्ता

यी निजी विद्यालयले टेरेनन् सरकारको निर्देशन : न अवैध भर्ना शुल्क फिर्ता गरे, न शुल्क घटाए
यी निजी विद्यालयले टेरेनन् सरकारको निर्देशन : न अवैध भर्ना शुल्क फिर्ता गरे, न शुल्क घटाए

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै
वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

लोकप्रिय समाचार

  • 1. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
  • 2. सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
  • 3. १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने
  • 4. सरकारी गाडी दुरुपयोगमा कडाइ, पहुँचका भरमा लिइएका ६२२ वटा साधन फिर्ता
  • 5. यी निजी विद्यालयले टेरेनन् सरकारको निर्देशन : न अवैध भर्ना शुल्क फिर्ता गरे, न शुल्क घटाए

बाढीपहिरोले विद्युत् उत्पादनमा असर : ११ सय मेगावाट बिजुली उत्पादन बन्द

  • २०८१ आश्विन १४, सोमबार ०२:५४ गते प्रकाशित
  • बाढीपहिरोले विद्युत् उत्पादनमा असर : ११ सय मेगावाट बिजुली उत्पादन बन्द

    काठमाडौं- बिहीबार बेलुकादेखि शनिबारसम्म परेको अविरल वर्षाले जलविद्युत आयोजना तथा सिँचाइ क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत आयोजना, सिँचाइका निर्माणाधीन तथा निर्माण सकिएका आयोजनामा ठूलो क्षति पुर्‍याएको हो।

    हालसम्म आएको प्रारम्भिक विवरण अनुसार निर्माण सकिएर बिजुली उत्पादन गरिरहेका ११ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। ११ आयोजनाको कुल जडित विद्युत क्षमता ६२५.९६ मेगावाट छ।

    त्यसैगरी, आपत्कालीन अवस्थामा विद्युत गृहहरूको उत्पादन बन्द गर्नुपर्दा करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपकबहादुर खड्काले जानकारी दिए।

    उनका अनुसार निर्माणधीन १५ वटा आयोजनाहरूमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको छ। कुल १०१०.२९ मेगावाट जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याएको हो। हालसम्म जलविद्युत आयोजनातर्फ दुई अर्ब ४५ करोड बराबरको क्षति भएको छ।

    ‘यो अनुमानित विवरण हो, यसमा अझै बढ्न सक्छ,’ मन्त्री खड्काले भने, ‘माथिल्लो तामाकोशीमा आयोजनामा दुई कर्मचारी र नेपाल आर्मीका दुई गरी चार जना बेपत्ता छन्। यी चार जनाबाहेक अन्य मानवीय क्षति भएको जानकारी मन्त्रालयलाई छैन।’

    गत वर्षको तुलनामा भने यो वर्ष केही कम क्षति भएको उनको भनाइ छ। ‘गत वर्ष १० अर्ब बढीको क्षति भएको थियो। यो पटक मौसम पूर्वानुमानका कारण अगाडिदेखि नै सजग गराइएकाले कम क्षति भयो,’ मन्त्री खड्काले भने।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माथिल्लो तामाकोशीमा निकै ठूलो क्षति पुर्‍याएको छ। यसले गर्दा आउने सुख्खा सिजनमा विद्युत व्यवस्थापनमा समस्या निम्तिने छ। अहिले पनि आयोजनाका संरचना तथा टावरहरूमा समस्या आउँदा विभिन्न स्थानमा विद्युत आपूर्तिमा समस्या भइरहेको छ।

    काबेली करिडोरमा एउटा बगायो दुइटामा क्षति पुग्यो तीन टावरमा क्षति हुँदा पाँचथर फिदिम लगायत पूर्वमा बिजुली आपूर्तिमा समस्या छ। खिम्तीबाट लामोसाँघु आउने टावर तामाकोशीले बगायो। त्यसले गर्दा २०० मेगावाट काठमाडौं आउने बिजुली बन्द रहेको निर्देशक घिसिङले जानकारी दिए।

    ‘भारत निर्यात गरिरहेको बिजुली कटौती गरिएको छ। निर्यात पनि २५० देखि ३०० मेगावाट बिजुली मात्रै गर्न सकेका छौं,’ उनले भने, ‘बिजुली आपूर्तिमा समस्या भए पनि भारतबाट भने आयात गर्नु परेको छैन।’

    उनले थपे, ‘आन्तरिक खपत गरेर बचेको बिजुली मात्रै निर्यात गरिरहेको छ।’  स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी पहिरोका कारण आयोजनामा क्षति पुग्दा अब लागत र समय पनि बढ्ने बताए। गत वर्ष बाढीले क्षति पुगेका आयोजना कतिपयले निर्माण सकेर बत्ति बाल्ने अवस्थामा पुगेपछि पुन: क्षति पुर्‍याएको उनले जानकारी दिए।

     यी हुन सञ्चालनमा रहेका क्षतिग्रस्त ११ वटा जलविद्युत आयोजना

    अपर तामाकोशी (४४६ मेगावाट)
    बागमती साना जलविद्युत आयोजना (२२ मेगावाट)
    सोलु दूधकोशी (८६ मेगावाट)
    माइखोला क्यासडेड (३ मेगावाट)
    माइखोला (९.६ मेगावाट)
    फेमे खोला (१ मेगावाट)
    सिउरी खोला (५ मेगावाट)
    खानी खोला  (२ मेगावाट)
    टुङ्गुन ठोस्ने (४.३६मेगावाट)
    तल्लो हेवाखोला (२२.१ मेगावाट)
    हेवाखोला-ए (१४.९ मेगावाट)
    त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका क्षतिग्रस्त आयोजना

    अपर त्रिशुली-१ (२१६ मेगावाट)
    सुपरन्यादी (४० मेगावाट)
    इलेप खोला (२५ मेगावाट)
    हेवा खोला (५ मेगावाट)
    सभाखोला-बी जलिविद्युत आयोजना १५.१
    सभा खोला-सी (६.३ मेगावाट)
    लान्द्रुक मोदी (८६.५९ मेगावाट)
    सुपर त्रिशूली (१०० मेगावाट)
    लाङटाङ खोला (२० मेगावाट)
    माया खोला (१४.९ मेगावाट)
    लाप्चे खोला (९९.४ मेगावाट)
    भोटेकोशी-१ (४० मेगावाट)

    सम्बन्धित समाचार

    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    No Image
    १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने
    सरकारी गाडी दुरुपयोगमा कडाइ, पहुँचका भरमा लिइएका ६२२ वटा साधन फिर्ता
    सरकारी गाडी दुरुपयोगमा कडाइ, पहुँचका भरमा लिइएका ६२२ वटा साधन फिर्ता
    यी निजी विद्यालयले टेरेनन् सरकारको निर्देशन : न अवैध भर्ना शुल्क फिर्ता गरे, न शुल्क घटाए
    यी निजी विद्यालयले टेरेनन् सरकारको निर्देशन : न अवैध भर्ना शुल्क फिर्ता गरे, न शुल्क घटाए
    वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै
    वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational