Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १८ गते, शुक्रबार समय २१:३८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 2. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 3. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 4. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
  • 5. सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

म्याद सकियो, पूरा भएन अस्पताल भवन


  • २०८१ श्रावण १८, शुक्रबार १०:५४ गते प्रकाशित
  • म्याद सकियो, पूरा भएन अस्पताल भवन

    गलकोट (बागलुङ)- निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र शय्याको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणाधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्ने गरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

    बागलुङ नगरपालिकाको १५ शय्याको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको अस्पतालको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    निर्माण व्यवसायीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताए । ‘१५ शय्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढलान गर्न बाँकी छ,’ घर्तीले भने, ‘सार्वजनिक खरिद नियमावली २०६४ को १२औँ र १३औँ संशोधनअन्तर्गत दोस्रो पटक म्याद थपिएको छ, एक वर्षमा काम गरे अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्न सकिन्छ, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा दुई पटक म्याद थपिएको छ ।’

    नगर अस्पताल पुरानो स्वास्थ्य चौकीको भवनबाट सेवा दिन सुरु गरेकै तीन वर्ष बितिसक्दा अस्पताल भवन निर्माण हुन नसकेको हो ।

    स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताए । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा १५ शय्याको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको चरम लापरबाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

    निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताए । अस्पतालबाट अहिले मेडिकल अधिकृतसहितको सेवा प्रदान भइरहेको उनले बताए ।

    बागलुङ–१३ पैँयुपाटा स्वास्थ्य चौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण  अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको वडाध्यक्ष पौडेलले बताए ।

    ‘बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, तीन वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशङ्का छ,’ वडाध्यक्ष पौडेलले भने, ‘सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा दिँदा समस्या भएको छ ।

    पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्याङसहितको अस्पताल निर्माण हुने भए पनि समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि नरेश ओझाले बताए । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउनासाथ काम गरेर सक्ने ओझाको भनाइ छ ।

    बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थानका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

    सम्बन्धित समाचार

    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    No Image
    १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational