Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २९ गते, मंगलवार समय ०३:२९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

लोकप्रिय समाचार

  • 1. एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
  • 2. एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
  • 3. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 4. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 5. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

चीनले नाकामा थाल्यो पुननिर्माणको काम, नेपालतर्फको सडक पनि मर्मत गरिँदै

  • २०८२ असार २९, आईतवार १०:१७ गते प्रकाशित
  • चीनले नाकामा थाल्यो पुननिर्माणको काम, नेपालतर्फको सडक पनि मर्मत गरिँदै

    चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मूल्यांकन कार्य सुरु गरिएको छ। चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ।

    नेपालतर्फ पनि रसुवागढी जाने नाकामा ठूला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा ध्वस भएका अन्य संरचनाको पुननिर्माण कार्य भइरहेको छ। अकल्पनीय रुपमा मंगलबार लेन्देखोलामका आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो। बाढीले सयौं रोपनी जमिन कटान गरेको छ।

    छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउने र पन्छाउने कार्य गरिरहेको छ। चीनका तर्फबाट नेपाली अधिकारीसँग समन्वय गरि बाटो तथा पुल निर्माणका सम्वन्धमा शुक्रबार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।

    अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ। समय मिलाएर बेलिब्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले बताए।

    रसुवागढी नाका हुँदै नेपालतर्फ आएका सामानहरुको दैनिक रुपमा न्युनतम एक करोड रुपैयाँ भन्दा बढि राजश्व संकलन हुँदै आएको थियो। बाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलेसमेत स्थलगत अनुगमन गरिरहेका छन्।

    रसुवागढी नाका जाने सडक जहाँ बाढीले निकै क्षति गरेको स्याफ्रुवेशी-रोङ्गा-टिमुरे–रसुवागढी सडकखण्डको पुननिर्माण तथा मर्मतका लागि सडक आयोजना, डिभिजन सडक, यान्त्रिक कार्यालय नुवाकोटसँग समन्वय गरि हाल तीन थान वटा जेसिभि, एक थान ब्रेकर तथा जनशक्ति ब्यवस्थापनको काम तिव्रताका साथ भइरहेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले बताए।

    उनका अनुसार रसुवागढी नाका जोड्ने उक्त सडक बढिमा एक हप्ताभित्र अस्थायी सडक सुचारू हुने गरी काम भइरहेको छ। बाढीबाट भएको क्षतिको विवरण नेपाल पक्षले संकलन गरिरहँदा मित्रराष्ट्र चीनतर्फ पुनःनिर्माण कार्य थालिएको छ।

    बाढीबाट रसुवागढी नाका तथा विद्युत र पूर्वाधारमा अर्बौंको क्षति भएको छ। बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको शव फेला परेको छ। बाढीमा वेपत्ता भएका दुई प्रहरी, ६ जना चिनीया र अन्य नेपाली चालक र कामदारसहित १९ जनाको पहिचान भएको छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँ छन्।

    सम्बन्धित समाचार

    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईमा कति विद्यार्थीले ल्याए कुन जीपीए ?
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational