Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ जेष्ठ १६ गते, शनिबार समय १७:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ

रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

लोकप्रिय समाचार

  • 1. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 2. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
  • 3. बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
  • 4. यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
  • 5. रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्धभारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

  • २०८१ श्रावण २३, बुधबार १४:०६ गते प्रकाशित
  • भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्धभारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

    घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।
    घरेलु समर्थक र घरेलु दर्शकको साथमा नेपालले घरेलु भुमीमा पहिलो पटक उपाधि जित्ने सुनौलो मौका गुमाएको छ।

    कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार तीन अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३-३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो। नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८-१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३-२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित नजिक थियो। तर थप दुई अंक जोड्न नेपालले दिएन। लगातार पाँच अंक जोडेर नेपालले उत्कृष्ट शैलीमा पहिलो सेट २५-२३ ले जित्यो। खेलमा एक शुन्यको अग्रता बनायो।

    दोस्रो सेटमा भने भारत हाबी बन्यो। भारतको अटयाकलाई नेपालको डिफेन्सले रोक्न सकेन। कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३-७ को अग्रता बनायो। यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोक्यो। यो सेट नेपालले १४-२५ ले गुमायो। भारत खेललाई एक-एकको बराबरीमा पुर्याउन सफल रहयो।

    तेस्रो सेटमा भने नेपाल कमब्याक गर्न सफल भयो। कुनै पनि समय यो सेटमा भारतले अग्रता बनाउन सकेन। ११-७ को अग्रता बनाएपछि नेपाललाई सहज भयो। ११-१४ ले पछि परेपछि भने भारतले कप्तान तथा सेटर जिनी कोभात साजीलाई कोर्टमा उतार्यो। डेंगुको कारण उनले पहिलो खेल खेलेपछि कुनै खेल खेलेकी थिइनन्। उनलाई कोर्टमा उतारे पनि यो सेट नेपालले २५-२२ ले जित्यो। खेलमा नेपालले दुई एकको अग्रता बनायो।

    खेलमा टिकीराख्न भारतलाई चौथो सेट जित्नै पर्ने थियो। सोही अनुरूप भारतले दमदार प्रदर्शन गर्यो। उत्कृष्ट डिफेन्सका साथ भारतले कुनैपनि समय नेपाललाई अग्रता बनाउन दिएन। २५-२१ ले भारतले चौथो सेट जितेपछि खेल दुई-दुईको बराबरीमा पुग्यो। खेल पाँचौ सेटतर्फ धकेलियो।

    पाँचौ सेटमा भने नेपाल सुरूवात देखि नै नेपाल पछि पर्यो। तीन शुन्यले भारतले अग्रता बनाएपछि नेपालले कमब्याक गर्न नै सकेन। ११-५ ले भारत अघि रहँदा नेपाल हार नजिक पुगेको थियो।

    फेरि यो पटक नेपालले १३औं दक्षिण एसियाली खेलकुद सागको इतिहास दोर्याएर भारत च्याम्पियन बन्यो। पाँच वर्ष अगाडि नेपाल स्वर्ण को लागि भारतसँग नै पाँचौ सेटमा हारेको थियो। नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५-५ ले जित्दै भारतले नेपाललाई स्तब्ध बनायो।

    नेपालले लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

    आजको खेलमा दर्शकको उपस्थिति उल्लेख्य मात्रामा थियो। टिकट दर १५ सय राखिएको थियो। खुट्टा टेक्ने ठाउँ सम्म कभर्ड हलमा थिएन। धेरै ढोका बन्द गर्दा टिकट काटेका दर्शकले समेत हल प्रवेश गर्न पाएनन। भीड थाम्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो।

    सम्बन्धित समाचार

    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट, हेर्नुहोस पूर्णपाठ
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?
    रास्वपा सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational