Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १९ गते, शनिबार समय ०५:४७
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 2. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 3. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 4. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
  • 5. सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत् प्रसारण लाइन


  • २०८१ श्रावण २९, मंगलवार ११:२२ गते प्रकाशित
  • साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत् प्रसारण लाइन

    काठमाडौँ । विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्‍याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ ।

    नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय ७ सर्किट किलोमिटर पुगेको हो ।

    कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ । आव २०७२/७३सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो ।

    आव २०७३/७४मा ३ हजार ३ सय ६४,आव २०७४/७५मा ३ हजार ५ सय ३८, २०७५/७६मा ३ हजार ९ सय ९० र आव २०७६/७७मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो । त्यस्तै, २०७७/७८मा ४ हजार ८ सय ७४, २०७८/७९मा ५ हजार ३ सय २९ र २०७९/८०मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो ।

    ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभीए पुगेको छ । आव २०७२/७३मा २ हजार २ सय २३ एमभीए मात्र रहेको ग्रिड सब स्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसनहरु रहेका छन् ।

    प्रसारण लाइन तथा सब स्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरूबाट सहुलियतपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताए ।

    ‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

    ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’

    घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरु भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरूबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

    देशका प्रमुख शहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएकाो उहाँले उल्लेख गर्नुभयो ।

    भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल–भारतबीचको विद्युत् आयात निर्यातका लागि आठ वर्ष अघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको छ ।

    इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको विद्युत्व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

    यसरी, सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ ।

    विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फपनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ ।

    आव २०७२/७३सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिवेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ ।

    वितरणतर्फको सबस्टेसनको क्षमता २ हजार ५ सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको सङ्ख्या १ सय ९६ वटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता ६ सय ४० एमभिए मात्र थियो ।

     

    सम्बन्धित समाचार

    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    No Image
    १४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational