काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ।
उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।
प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्।
नेपाली काँग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। आज उनलाई नेकपा (एमाले)ले पनि विश्वासको मत दिएको हो।
