Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २८ गते, सोमबार समय २३:१८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

लोकप्रिय समाचार

  • 1. एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
  • 2. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 3. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 4. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
  • 5. प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकोमा पछुतो

  • २०८२ पुष १४, सोमबार ०७:४७ गते प्रकाशित
  • भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकोमा पछुतो

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्।

    सात वर्षको उमेरमा हातमा लाठी लिएर बुकी उक्लेका नरेन्द्रको दैनिकी अहिले ६२ वर्षको उमेरमा पनि फेरिएको छैन। बर्खामा चुरेन हिमालको फेदी र हिउँदमा गाउँ नजिकैका खर्कहरू चहार्नु नै उनको जीवनको लय बनेको छ। बाल्यकालदेखि नै गोठको जिम्मेवारी सम्हाल्दा उनले घर नजिकैको विद्यालयमा अक्षर चिन्ने मौका भने कहिल्यै पाएनन्।

    नरेन्द्रको स्मृतिमा बालापनको रमाइलो भन्नु नै भेडाका पाठापाठीसँग खेलेका क्षणहरू मात्र छन्। आफ्नो जोस, जाँगर र तन्नेरी उमेर बुकीकै हिउँ र घामपानीमा बिताएका उनले गोठमै सिकिस्त बिरामी पर्दा समेत चरन क्षेत्र छोडेनन्। कुनै समय ३ सयसम्म भेडा पालेका उनले अहिले गोठालाको अभाव र बढ्दो उमेरका कारण संख्या घटाएर २५ मा झारेका छन्। लेखपढ गर्न नपाउँदा भेडाको हिसाबकिताब र मूल्य तोक्न अलमल हुने गरेकोमा उनलाई अहिले ठूलो पछुतो लाग्छ। “स्कुल गएर पढ्न पाएको भए जिन्दगी भेडाको जस्तो हुने थिएन,” उनी भन्छन्।

    गोठको जीवन सोचेजस्तो सजिलो छैन। बर्खाको झरी र हिउँदको कठ्याङ्ग्रिदो जाडोमा वन्यजन्तुको आक्रमणबाट भेडा जोगाउनु निकै चुनौतीपूर्ण हुन्छ। चितुवासँग जुधेर मृत्युको मुखबाट जोगिएका अनुभव उनीसँग प्रशस्त छन्। भोटे कुकुरको साथले उनलाई जङ्गली जनावरबाट जोगिन मद्दत गरेको छ। नरेन्द्र जस्तै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय गोठमै बिताएका छन्। गुर्जाका करिब २० घरपरिवार अहिले पनि यस पुख्यौली पेसामा छन्, तर युवाहरू वैदेशिक रोजगारीमा पलायन भएपछि यो पेसा अहिले बुढापाकाको काँधमा मात्रै छ।

    धवलागिरि गाउँपालिकाले भने यी परम्परागत घुम्ती गोठलाई जोगाउन केही प्रयासहरू सुरु गरेको छ। गोठालाहरूका लागि त्रिपाल, मोबाइल चार्ज गर्न सोलार, गोठ सुधार र भेडाहरूका लागि खोप अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गुर्जा, लुलाङ, मुना र मुदी जस्ता क्षेत्रमा अझै पनि यो परम्परागत पशुपालन कायम छ। भेडा बेच्न बजार धाइरहनु पर्दैन, मासु र पूजाआजाका लागि ग्राहकहरू गोठमै पुग्ने गरेका छन्।

    सम्बन्धित समाचार

    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत भए पास (यसरी हेर्न सकिन्छ ?)
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational