Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन ३० गते, शनिबार समय ०२:४८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द गर्ने सरकारको निर्णय
इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द गर्ने सरकारको निर्णय

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम
ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली

स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन

हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै

लोकप्रिय समाचार

  • 1. इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द गर्ने सरकारको निर्णय
  • 2. ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम
  • 3. प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
  • 4. स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
  • 5. हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

  • २०८२ माघ २०, सोमबार १९:३६ गते प्रकाशित
  • यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।

    प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ ।

    जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ ।

    चालु आवको पुस महिनामा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ । विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । यसैबीच, नेपाल सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड र राजस्व परिचालन रु ५७७ अर्ब ४० करोड पुगेको छ ।

    मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ ।

    वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ । ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ ।

    वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Month-data-of-2082.83

    सम्बन्धित समाचार

    इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द गर्ने सरकारको निर्णय
    इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द गर्ने सरकारको निर्णय
    ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम
    ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम
    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    प्रतिनिधिसभा चुनावपछि स्थानीय तह र प्रदेशका ३० पद खाली
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    स्थानीयले बाटो छेकेपछि रोकियो काठमाडौं उपत्यकाको फोहोर विसर्जन
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै
    राहदानी विभागले नयाँ प्रणाली लागू गर्दै

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational