Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ फाल्गुन २५ गते, सोमबार समय १७:३४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण

समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती

पुराना दलका पदाधिकारी को-को भए पराजित !
पुराना दलका पदाधिकारी को-को भए पराजित !

निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’

लोकप्रिय समाचार

  • 1. बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
  • 2. समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
  • 3. प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
  • 4. प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
  • 5. पुराना दलका पदाधिकारी को-को भए पराजित !

प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती


  • २०८२ फाल्गुन २४, आईतवार २२:३३ गते प्रकाशित
  • प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती

    हेटौँडा, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सम्भवतः कान्छो सांसदको रुपमा निर्वाचित हुनुभएको छ प्रशान्त उप्रेती । २५ वर्षको युवा उमेरमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उहाँ निर्वाचित हुनुभएको हो ।

    देशभरबाट निर्वाचित सांसदहरूमध्ये उहाँ सबैभन्दा कान्छो उमेरको सांसद हुनुहुन्छ । नयाँ पुस्ताका उम्मेदवार उप्रेतीले पुराना दलका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो।

    प्रतिनिधि सभामा म्याग्दी १ बाट स्वतन्त्र ७१ वर्षीय महावीर पुन, मनाङ १ बाट नेपाली काँग्रेसका ७१ वर्षिय टेकबहादुर गुरुङ, रूकुम पूर्व १ बाट नेपाली कम्युनिस्ट पार्टीका ७० वर्षिय पुष्पकमल दाहाल प्रचण्ड बिजयी भइरहँदा मकवानपुरबाट विजयी हुनुभएका उप्रेती सबैभन्दा कम उमेरको सांसद हुनुहुन्छ ।

    मनहरी गाउँपालिका –७ निवासी उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गर्नुभएको छ । उप्रेतीले बर्तौलाभन्दा ११ हजार २०४ मतान्तरले जित निकाल्न सफल हुनुभएको छ।

    निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले परिवर्तन चाहने र देश समृद्ध हुनुपर्छ भन्नेहरूको जित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिन ऐतिहासिक छ । हिजोको निराशालाई आशामा बदल्दै समाजमा सकारात्मकता फैलाउनु हाम्रो जिम्मेवारी हो ।”

    उहाँले आफ्नो कार्यकालभरी जनमुखी भएर जनतामाझ रहने र उनीहरूका समस्या समाधानका लागि इमान्दार र नैतिक ढङ्गले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कान्छो उमेरमै राजनीतिमा प्रवेश गरेको आफूले फरक राजनीतिक शैलीमा काम गर्ने उहाँको भनाइ छ ।

    पहिलो प्रयासमै उहाँले लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गर्नुभएको छ । मकवानपुर २ लाई २०४८ सालयता वामपन्थी दलहरूको ‘किल्ला’ मानिँदै आएको थियो । प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनहरूमा पनि यस क्षेत्रबाट वामपन्थी उम्मेदवारहरू नै विजयी हुँदै आएका थिए । यसपटक भने युवा उम्मेदवारले नयाँ इतिहास रच्न सफल हुनुभएको छ ।

    विसं २०५७ साल जेठ १० गते जन्मनुभएका उप्रेती हाल काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षाशास्त्र (एमएड) अध्ययनरत हुनुहुन्छ । यसअघि उहाँले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) उत्तीर्ण गर्नुभएको थियो ।

    उहाँले सन् २०१८ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो । राजनीतिक रूपमा भने उहाँ काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहको सचिवालयमा काम गर्दै आउनुभएको थियो । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो ।

    सम्बन्धित समाचार

    No Image
    बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
    समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
    समानुपातिकतर्फ ८१ लाख मत गनिँदा कसले कति पाए ?
    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित
    प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
    प्रतिनिधिसभा निर्वाचन: देशकै कान्छो सांसद २५ वर्षीय प्रशान्त उप्रेती
    पुराना दलका पदाधिकारी को-को भए पराजित !
    पुराना दलका पदाधिकारी को-को भए पराजित !
    निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
    निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational