Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २८ गते, सोमबार समय २१:१२
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल

प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

लोकप्रिय समाचार

  • 1. बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • 2. डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
  • 3. न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
  • 4. प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
  • 5. डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

१ करोड २२ लाख बढीको कारोबार गर्दै सकियो २७औँ फ्लोरा एक्स्पो

  • २०८२ चैत्र ८, आईतवार २३:२१ गते प्रकाशित
  • १ करोड २२ लाख बढीको कारोबार गर्दै सकियो २७औँ फ्लोरा एक्स्पो

    काठमाडौं । राजधानीमा पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो सम्पन्न भएको छ । भृकुटीमण्डपमा चारदिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबार देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनिल) ले जानकारी दिए ।

    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला चैत ८ गते (आइतबार) सम्पन्न भएको हो । मेलामा सुरुआतदेखि नै दर्शकको आकर्षण उच्च देखिएको थियो ।

    फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार, पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रहँदा २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो ।

    त्यसैगरी तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दै ३१ लाख ८० हजार रुपैयाँको कारोबार गरेका थिए ।

    चारदिनसम्म सञ्चालन भएको मेलामा कुल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् भने १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

    मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्यान्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समेत समावेश गरिएको संयोजक तामाङले जानकारी दिए ।

    हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्यांक छ ।

    यद्यपि, देशको कमजोर आर्थिक अवस्था र नीतिगत चुनौतीका कारण चालु आर्थिक वर्ष २०८१/८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६८ करोडभन्दा कम हो ।

    कारोबार घटे पनि विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।

    चार दिनसम्म चलेको एक्स्पो उत्साहपूर्ण सहभागिता र सकारात्मक आर्थिक संकेतसहित सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार

    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    डेढ घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : सपना प्रधान मल्ल
    प्रधानमन्त्री सचिवालयले भन्यो-  कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    प्रधानमन्त्री सचिवालयले भन्यो- कार्यसम्पादनका आधारमा शर्मा प्रधानन्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational