Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख २४ गते, बिहीबार समय २१:३८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी

शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र

साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक
साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • 1. डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
  • 2. पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
  • 3. शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
  • 4. समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
  • 5. सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र

डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

  • २०८३ बैशाख २४, बिहीबार १९:२६ गते प्रकाशित
  • डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस

    काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार(आज) बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको नेतृत्वका लागि शर्माको नाम अघि सारेको हो ।

    न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् ।

    हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पहिलो वरियतामा रहेकी छन् भने वरिष्ठ न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो वरियतामा रहेका छन् । उनीहरूलाई छाडेर चौथो वरियताका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकको मुख्य कार्यसूची नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको थियो । परिषद् सचिवालयका अनुसार संवैधानिक दायित्वअनुसार सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो ।

    बैठकमा प्रधानमन्त्री शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी ठाकुर तथा प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे सहभागी भएका थिए । प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको पनि सहभागिता रहेको जनाइएको छ ।

    ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा संसदीय सुनुवाइबाट अनुमोदित भएमा पूर्ण कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहने सम्भावना छ । ४ असार २०२७ मा पर्सामा जन्मिएका शर्मा ३ असार २०९२ मा ६५ वर्ष पुग्नेछन् । संवैधानिक व्यवस्थाअनुसार उमेर हदका आधारमा उनले वैशाख २०८९ सम्म नेतृत्व गर्ने अवस्था रहनेछ ।

    प्रजातन्त्र पुनर्स्थापनापछि कुनै पनि प्रधानन्यायाधीशले पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्न नसकेको सन्दर्भमा शर्माको सम्भावित कार्यकाललाई न्यायपालिकाको दीर्घकालीन स्थायित्वसँग जोडेर पनि हेरिएको छ ।

    शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन् । उनले श्रम कानुनसम्बन्धी विषयमा विद्यावारिधिसमेत गरेका छन् ।

    उनी यसअघि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए । अस्थायी न्यायाधीशको व्यवस्था हटाइएपछि अवकाशमा परेका शर्मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकालमा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए । त्यसपछि संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदित भई सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।

    प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर पछिल्ला दिनमा न्यायपालिकाको संस्थागत निरन्तरता, वरिष्ठताको अभ्यास, रोलक्रम र न्यायपालिकाको स्वतन्त्रताबारे बहस हुँदै आएको थियो । चौथो वरियताका न्यायाधीश सिफारिस भएसँगै न्यायिक वृत्तमा संवैधानिक परिषद्को अधिकार, वरिष्ठताको अभ्यास र न्यायिक परम्पराबारे बहस थप तीव्र बनेको छ ।

    सम्बन्धित समाचार

    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    डा. मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिस
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : पूर्वअर्थमन्त्री कार्कीविरुद्ध मुद्दा, ३ अर्ब ६२ करोड बिगो दाबी
    शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
    शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
    सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
    सामान्य प्रशासन मन्त्रालयले गर्यो ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र
    साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक
    साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द, अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational