Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ असार ११ गते, बिहीबार समय १९:१८
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने

आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि

प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने

नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा

बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

लोकप्रिय समाचार

  • 1. किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
  • 2. आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
  • 3. प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
  • 4. नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
  • 5. बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने

आइसिसी विश्वकप लिग २ : नेपाल आज ओमानविरुद्ध खेल्दै


  • २०८१ आश्विन २, बुधबार ०२:३२ गते प्रकाशित
  • आइसिसी विश्वकप लिग २ : नेपाल आज ओमानविरुद्ध खेल्दै

    क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा बुधबार ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ ।

    तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए ।

    नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ । नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् । बलिङमा पनि मुख्य बलरले चाहिएको समयमा विकेट निकाल्न नसक्नु प्रमुख कमजोरी बनेको छ । क्यानडासँगको खेलमा नेपाल यी दुई पक्षमा चुकेको थियो । अझ डेथ ओभरमा नेपाली बलर निकै कमजोर देखिए ।

    ओमानले प्रतियोगिताका लागि राम्रो तयारी गरेको छ । ओमानले चालू सिरिजका लागि ब्याटिङमा मिहिनेत गरेको छ । ओमानले क्यानडाको पिचअनुसार स्पिन पक्षमा विशेष ध्यान दिएको छ । ओमानको शीर्ष तथा मध्यक्रम ब्याटिङ बलिङ मानिन्छ । नेपालका सिमरहरूले उनीहरूका भरपर्दा ब्याट्सम्यानलाई क्रिजबाट हटाउने प्रयास गर्नेुपर्ने देखिन्छ ।

    क्यानडाविरुद्ध कमजोर
    क्यानडाको किंग्स सिटीमा नेपाल सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्कियो । तर, नेपालले एकदिवसीय खेलमा सुखद सुरुवात गर्न सकेन । आइसिसी विश्वकप लिग २ को आफ्नो दोस्रो सिरिज खेलेको नेपाल क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भयो । एकदिवसीय फर्म्याटमा नेपाल पहिलोपटक क्यानडासँग हारेको हो । यसअघि तीन अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालले क्यानडामाथि जित निकालेको थियो ।

    त्रिवि क्रिकेट मैदानमा नेपालले गत ८–१२ फेब्रुअरीमा क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ३–० को क्लिन स्विप गरेको थियो । नेपालले क्यानडामाथि नौ विकेट, चार विकेट र सात रनको जित निकालेको थियो । क्यानडासँग आइसिसी विश्वकप लिग २ मा प्रतिस्पर्धामा उत्रिएको नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा चुक्यो । मंगलबार बिहान किंग्स सिटीमा क्यानडाले नेपालविरुद्ध अन्तिम १० ओभरको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रनको चुनौती योगफल खडा गरेको थियो ।

    प्रत्युत्तरमा नेपाल ४०.१ ओभरमा एक सय ५० रनमा समेटियो । क्यानडाको सानदार जितमा डिलोन हेलिगेरले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा २७ बलमा ३० रन तथा बलिङमा ३१ रन खर्चेर पाँच विकेट लिए । उनकै अलराउन्ड प्रदर्शनमा नेपालले पहिलो खेलमै हारको सामना गरेको हो । नेपालले अन्तिमपटक एकदिवसीय खेल २५ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो । त्यसपछि एकैपटक नेपाल क्यानडाविरुद्ध एकदिवसीय खेलमा फर्किएको हो । विशेषगरी, नेपाली ब्याट्सम्यानले खराब प्रदर्शन गरे ।

    डेथ ओभर कमजोर
    पछिल्लो समयमा नेपालको समस्या नै डेथ ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन र ब्याटिङ गर्न नसक्नु नै हो । ५० ओभर तथा टी–२० फर्म्याटमा नेपालको बलिङ र ब्याटिङ फितलो हुने गरेको छ । इनिङ्सको सुरुवात र मध्यमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालका खेलाडी यसै डेथ ओभरमा चुक्ने गरेका छन् । क्यानडाले पनि नेपालविरुद्ध यसैको फाइदा उठायो । इनिङ्सको एक समयमा क्यानडा ४३.१ ओभरमा १७२–६ को स्थितिमा थियो । यस अवस्थामा नेपालले सहजै खेल नियन्त्रणमा राख्न सक्थ्यो ।

    तर, अन्तिम १० ओभरमा खराब बलिङका कारण नेपालले क्यानडालाई मध्यम योगफलमा रोक्न सकेन । क्यानडाले यसै समयमा तीन राम्रो साझेदारी गर्दै नेपाललाई दुई सय ५४ रनको लक्ष्य दियो । किर्टन र हेलिगेरले छैटौँ विकेटका लागि ३७ बलमा ३९ रन बनाए । सादविन जाफरले किर्टनसँग सातौँ विकेटका लागि २४ बलमा ४८ रनको साझेदारी गरे । केलिम सानाले किर्टनसँग आठौँ विकेटका लागि १६ बलमा ३२ रन जोड्दा नेपालले खेल आफ्नो हातबाट गुमायो ।

    नेपालले क्यानडाविरुद्धको बलिङमा अन्तिम १० ओभरमा १ सय ४ रन खर्चेको थियो । यो डेथ ओभरमा नेपालले प्रतिओभर १०.१ रन खर्चियो । क्यानडाले ४० ओभरमा सुस्त गतिमै रन बनाएको थियो । क्यानडाले डेथ ओभरण्घिसम्म ३.७२ रन प्रतिओभरमा ब्याटिङ गरेको थियो ।

    ब्याटिङमा संयमित नभएको नेपाल
    विश्वकप लिग २ मा नेपालले दोस्रो जित निकाल्न प्रतिओभर पाँच रन मात्र जोड्नुपर्ने थियो । धैर्यपूर्वक ५० ओभरसम्म ब्याटिङ गर्दा नेपालले क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य भेटाउन सकिन्थ्यो । तर, नेपालको परम्परागत कमजोर ब्याटिङ प्रदर्शन फेरि दोहोरिँदा क्यानडाले सानदार जित निकाल्यो । इनिङ्सको १७.२ ओभरमा नेपालले शीर्ष पाँच महत्वपूर्ण विकेट गुमाउँदा स्कोर बोर्डमा ६२ रन मात्र चढाएको थियो । यस क्रममा ओपनर कुशल भुर्तेल (१), आसिफ सेख (२०), भीम सार्की (१८), कप्तान रोहितकुमार पौडेल (५) दीपेन्द्रसिंह ऐरी (८) रनमा पेभेलियन फर्के ।

    शीर्ष खेलाडीले गतिलो रन बनाउन नसक्दा मध्यक्रममाथि दबाब परेको थियो । तर, मध्यक्रममा पनि फितलो नै देखियो । कुशल मल्लले ४१ बल सामना गरी १२ रन तथा पिन्च हिटरका रूपमा आएका सोमपाल कामीले ६ रन मात्र जोडे । सोमपाल पेभेलियन फर्किदा नेपाल २५.१ ओभरमा ८०–७ को कमजोर अवस्थामा पुग्थ्यो ।

     

    सम्बन्धित समाचार

    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध, परिचयपत्रका आधारमा अनुदान दिइने
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    आरसीबीले लगातार दोस्रो पटक चुम्यो आईपीएलको उपाधि
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    प्रतिनिधिसभा बैठक बस्दै, संसदमा प्रस्तुत बजेटमाथि छलफल हुने
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्ने सरकारको घोषणा
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बढ्यो कर्मचारीको तलब, अब कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख माथिसम्म हुने
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन
    बजेटले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न सक्दैनः पूर्वअर्थमन्त्री पुन

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational