Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १९ गते, शनिबार समय २१:१४
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
  • 2. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 3. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 4. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 5. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

अमेरिकामा ममता बेपत्ता प्रकरण : पति नरेश घरबाटै पक्राउ, १० महिने छोरीको जिम्मा प्रहरीले लियो


  • २०८१ भाद्र ७, शुक्रबार १३:०० गते प्रकाशित
  • अमेरिकामा ममता बेपत्ता प्रकरण : पति नरेश घरबाटै पक्राउ, १० महिने छोरीको जिम्मा प्रहरीले लियो

    भर्जिनिया (अमेरिका)– अमेरिका बस्दै आएकी एकजना नेपाली युवती गत साउन १६ गतेदेखि गायब भएपछि उनका पतिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता काफ्ले अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा परेको अवस्थामा पति नरेश भट्टलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।

    ममता बेपत्ता भएको प्रकरणमा उनका पति नरेशलाई मुख्य अभियुक्त मान्दै पक्राउ गरेको प्रहरीले उनीहरूकी १० महिने छोरीलाई पनि आफैंसँग लगेको छ ।

    २३ दिन बितिसक्दा पनि ममताको अवस्था पत्ता लाग्न सकेको छैन । नर्सका रुपमा अमेरिकामा कार्यरत ममताले घरबाट निस्किनुअघि १० महिने छोरीलाई छाडेकी थिइन् ।

    भर्जिनियास्थित मनाससबाट १९ दिनअघि बेपत्ता काफ्लेको खोजीमा अमेरिकी प्रहरीले सबै प्रयास गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगदेखि भौतिक रुपमा पनि खोजी अभियान चलाइरहेको प्रहरीको प्रयास असफल भइरहेको छ ।

    उनीबारेमा मनासस पार्क पुलिस डिपार्टमेन्टले पटक पटक सामाजिक सञ्जालमा फोटोसहित सूचना दिइरहेको छ । तर उनी कहाँ कस्तो अवस्थामा छिन् भन्ने अझैसम्म अज्ञात छ ।

    यस्तोमा लामो अनुसन्धानपछि प्रहरीले ममताका पति नरेशलाई नै मुख्य अभियुक्त मान्दै घरमै हतकडी लगाएर लगेको हो । प्रहरीले उनको घरमा बुधबार खानतालसी गरेको थियो । भट्टलाई पक्राउका क्रममा फरेन्सिक जाँचका लागि प्रहरीले घरबाट कार्पेटसहितका सामान पनि लगेको छ ।

    प्रहरीले ममताको खोजीका लागि सघाउन सर्वसाधारणलाई पनि आग्रह गरेको थियो । प्रहरीको टोली ममताबारेमा जानकारी बटुल्न उनी बस्दै आएको निवासमा पनि छिरेको छ । जुलाई ३१ मा ममता हराएपछि अगस्ट २ मा पुगेका प्रहरी अधिकारीले ममताका पति नरेश भट्टसँग सोधपुछ गरेको थियो । तर नरेशले केही कुरा खुलाएका थिएनन् । चौतर्फी दबाबबीच अनुसन्धानका क्रममा ममता बेपत्ताको पछाडि नरेशकै हात रहेको निष्कर्षसहितप प्रहरीले उनलाई पक्राउ गरेको हो।

    दश महिने सन्तान घरमै छाडेर कहाँ गायब भइन् ममता ?
    नरेशले ममता हराएको रिपोर्ट गर्न नचाहेको समाचार अमेरिकास्थित हिमालय खबरले छापेको छ । ममता हराएको तीन दिनपछि मात्रै नरेश प्रहरीकहाँ पुगेको खुलेको छ । घटनाको तीन दिनपछि मात्रै भट्टले हराएकी पत्नीबारे सूचना दिनुलाई अमेरिकास्थित कतिपय प्रवासी नेपालीले शंकास्पद भनेका थिए । भट्टले तीन दिनपछि दिएको सूचनाका आधारमा भर्जिनिया प्रहरीले ममतालाई बेपत्ता व्यक्तिको सूचीमा राखेर खोजेको थियो ।

    प्रहरीले गरेको अनुसन्धानका क्रममा ममताले पछिल्लो समय परिवारका सदस्य, साथीहरू र रोजगारदातालाई पनि एकदमै कम सम्पर्क गर्ने गरेको खुलेको छ ।

    प्रहरीले बेपत्ता व्यक्तिबारेको विवरण सार्वजनिक गर्ने क्रममा ममता जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको थियो । जुलाई २८ मा उनले साथीसँग कुरा गरेको खुलेको छ। त्यसपछि उनलाई जुलाई ३१ मा उनका श्रीमान नरेशले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।

    भर्जिनियाकै अस्पतालमा कार्यरत ममता एक १० महिने नाबालककी आमा पनि हुन् । स्थानीय प्रहरी र गुप्तचर निकायले खोजी गरे पनि ममताको सुइँको पनि पाउन सकेका छैनन् । तर ममता र नरेशबीच छोरी जन्मिएको दुई महिनादेखि नै विवाद र खटपट रहेको खुलेको छ ।

    १० महिनाअघि आमा बनेकी ममता बेपत्ता प्रकरण रहस्यमय बन्दै गएपछि उनका पतिमाथि नै कडा अनुसन्धानको माग नेपाली समुदायले उठाएका थिए । ममतालाई कुनै न कुनै पारिवारिक दबाब र तनाव रहेको अनुमान नेपाली समुदायको छ ।

    त्यही कुराको पुष्टि गर्दै ‘सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया’ फेसबुक पेजमा ममताले श्रीमानसँग खटपट भएको संकेत दिएको विवरण बाहिरिएको छ ।

    ‘हाई म ६ महिने बच्चाकी आमा हुँ । म श्रीमानसँग अलग हुन चाहिरहेकी छु । म साताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले बच्चा हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई ‘बाल कस्टडी’मा राख्छु भनिरहेका छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारे सहयोग चाहियो । सामाजिक कार्यकर्ताहरूले मलाई सहयाोग र सल्लाह दिनु होला ।’

    ममताको माइतीघर नेपालस्थित काभ्रेपलाञ्चोकको पनौती हो । ममताले फेसबुकबाट परिचय भएपछि डडेलधुराका नरेश भट्टसँग बिहे गरेकी थिइन् । त्यसपछि उनी अमेरिका आएकी थिइन् ।

    ममताले आफ्नी आमासँग पति र उनको परिवारका सदस्यले सताउने गरेको बताउने गरेकी थिइन्। उनी पतिले दिएको यातना वर्णन गर्दै माइतीमा फोन गरेर रुने गरेको पनि खुलेको छ ।

    सम्बन्धित समाचार

    राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
    राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational