काठमाडौ – थापाथलीमा मेलम्चीको पाइप फेुटेको छ। बबरमहलका मेलम्चीको पाइप फुटेको केही सातामै थापाथलीमा पनि पाइप फुटेको छ।
प्रसुतिगृह र नर्भिक हस्पिटल जाने बाटोमा पाइप फुटेको हो। पाइपबाट निस्किएको पानीका कारण केही समय सो क्षेत्र जलमग्न भएको थियो।
पाइप फुट्दा सडकमा भ्वाङ परेको छ। जसकारण सो क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
पाइप फुट्नुको कारण फेला परेको छैन। अहिले पाइपबाट पानी आउन रोकिएको छ।