Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख ९ गते, बुधबार समय ०२:१३
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

भारतीय चुनावका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
भारतीय चुनावका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द

निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो
निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

विश्वविद्यालयमा दलीय संगठनको गतिविधि ठप्प पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वविद्यालयमा दलीय संगठनको गतिविधि ठप्प पार्न प्रधानमन्त्रीको निर्देशन

रास्वपा सचिवालयमा थपिए दुई सदस्य, १६ जनामा को-को?
रास्वपा सचिवालयमा थपिए दुई सदस्य, १६ जनामा को-को?

लोकप्रिय समाचार

  • 1. यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
  • 2. इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की
  • 3. भारतीय चुनावका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
  • 4. निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो
  • 5. विश्वविद्यालयमा दलीय संगठनको गतिविधि ठप्प पार्न प्रधानमन्त्रीको निर्देशन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

  • २०८३ बैशाख ८, मंगलवार २३:४७ गते प्रकाशित
  • इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दाबी गरेका छन् । उनले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी दिएका थिए ।

    सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भने, ‘मलाई लाग्छ हामीबिच धेरै राम्रो सम्झौता हुनेछ। संयुक्त राज्य अमेरिका वार्ता गर्न राम्रो स्थितिमा छ । हामी ‘स्ट्रेट अफ हर्मुज’ लाई नियन्त्रण गर्ने अवस्थामा छौँ ।’

    उता इस्लामावादमा प्रस्तावित वार्तामा इरान सहभागी हुने वा नहुने भन्ने अझै स्पष्ट भइसकेको छैन । इरानको संसदका सभामुख बघर गालिबाफले विगत दुई हप्तादेखि इरानले युद्धको मैदानमा नयाँ कार्ड देखाउने तयारी गरिरहेको बताएका छन् । उनले इरानले ‘चेतावनीको छायामा रहेर वार्ता स्वीकार नगर्ने’ पनि बताए ।

    अमेरिकाले युद्धविराम लम्ब्याउँछ कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘म त्यसो गर्न चाहन्नँ ।’ उनले इरानको पनि एउटै बाटो वार्ताको विकल्प नरहेका बताए ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गरिएको नौसैनिक नाकाबन्दीलाई युद्धमा ‘ठूलो सफलता’ भएको बताए । वार्तामा केही प्रगति भएको नदेखिए युद्धविरामको प्रक्रिया अघि बढाउनु हुन्छ भनी सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘म त्यस्तो चाहँन्न । मलाई लाग्छ, इरानसँगको वार्तामा कुनै प्रगति सम्भावना नदेखिए यसको विकल्प ‘व्यापक आक्रमण’ हुनेछ । त्यो धेरै राम्रो तरिका हुनेछ।’

    उनले सम्झौतामा पुग्न धेरै समय बाँकी नरहेको र यदि इरानले अमेरिकासँग सम्झौता गरेमा उसले आफूलाई ‘धेरै राम्रो स्थिति’ मा राख्न सक्ने बताए । अमेरिकी राष्ट्रपतिले इरानसँग सम्झौता गरेमा इरान फेरि बलियो हुने र महान देश बन्न सक्ने बताए । उनले भने, ‘तपाईंलाई थाहा छ, हामी तयार छौँ। मेरो मतलब, अमेरिकी सेना पूर्ण रूपमा तयार छ।’

    गर्ने तयारी गरिएको भएपनि इरानले अझै यही अवस्थामा वार्ताका लागि सहमति जनाएको छैन । इरानको सरकारी मिडियाले आफ्नो टेलिग्राम पोस्टमा भनेको छ, ‘अहिलेसम्म इरानको कुनै पनि प्रतिनिधिमण्डलले इस्लामाबाद प्रस्थान गरेको छैन।’

    टेलिग्राम पोस्टमा मिडिया रिपोर्टलाई ‘अफवाह’ को रूपमा वर्णन गरिएको थियो जसमा इरानी प्रतिनिधिमण्डलको प्रस्थानको मितिको बारेमा दाबी गरिएको छ। यसैबीच इरानी अधिकारीहरूको पुरानो अडान दोहोराएका छन् । संसदका सभामुख गालिबाफलगायतका अधिकारीले भनेका छन्, ‘तेहरानले धम्कीको छायामा कुनै पनि वार्ता स्वीकार गर्दैन।’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल वार्ताका लागि पाकिस्तान जाने यसअघि नै बताइसकेका थिए । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकद्दमले इरान सुरक्षा जोखिम र खतराबाट डराएको बताएका छन् ।

    पाकिस्तानका लागि इरानका राजदूत रेजा अमीरी मुकद्दमले एक वक्तव्य जारी गरेका छन् । रजा अमीरी मुकद्दमले एक्समा लेखेका छन्, ‘यो सर्वविदित छ कि जोसँग महान् सभ्यता छ, ऊ डर र दबाबमा सम्झौता गर्दैन । यो एक महत्त्वपूर्ण इस्लामिक र धार्मिक सिद्धान्त हो। म चाहन्छु कि अमेरिकाले यो कुरा बुझ्न सकोस्।’

    इरानको रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)सँग सम्बद्ध फार्स न्यूज एजेन्सीले टेलिग्राममा इरानको सबैभन्दा ठूलो सैन्य मुख्यालयका कमान्डरको बयान साझा गरेको छ।

    सम्बन्धित समाचार

    यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
    यूएईलाई पराजित गर्दै टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी
    इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की
    इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की
    भारतीय चुनावका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
    भारतीय चुनावका कारण पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
    निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो
    निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो
    विश्वविद्यालयमा दलीय संगठनको गतिविधि ठप्प पार्न प्रधानमन्त्रीको निर्देशन
    विश्वविद्यालयमा दलीय संगठनको गतिविधि ठप्प पार्न प्रधानमन्त्रीको निर्देशन
    रास्वपा सचिवालयमा थपिए दुई सदस्य, १६ जनामा को-को?
    रास्वपा सचिवालयमा थपिए दुई सदस्य, १६ जनामा को-को?

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational