Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८२ चैत्र २७ गते, शुक्रबार समय ०५:३५
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी

ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध

दोस्रो आर्थिक गणना : गणकलाई आजदेखि पाँचदिने तालिम
दोस्रो आर्थिक गणना : गणकलाई आजदेखि पाँचदिने तालिम

लोकप्रिय समाचार

  • 1. पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • 2. उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
  • 3. ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
  • 4. श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
  • 5. बुटवल–नारायणगढ सडक अवरुद्ध

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात


  • २०८२ चैत्र २२, आईतवार ११:०९ गते प्रकाशित
  • माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

    मुस्ताङ । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।

    हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ ।

    माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उनका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।

    स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिंगर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । “शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ”, उनले भने ।

    जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन् । हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ । यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्याएको छ ।

    माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ ।

    त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिंगा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।

    त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्याएको बताए । “स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो, अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन ।”

    जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन् । यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन । यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन् ।

    सम्बन्धित समाचार

    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
    उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
    ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
    ओली भन्छन्- सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो
    श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
    श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही
    बुटवल–नारायणगढ सडक अवरुद्ध
    बुटवल–नारायणगढ सडक अवरुद्ध
    दोस्रो आर्थिक गणना : गणकलाई आजदेखि पाँचदिने तालिम
    दोस्रो आर्थिक गणना : गणकलाई आजदेखि पाँचदिने तालिम

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध


    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational