Tibra News
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश
×
Tibra News
२०८३ बैशाख १९ गते, शनिबार समय १६:५९
☰
  • राजनीति
  • समाचार
  • स्वास्थ्य
  • जलबिधुत
  • पर्यटन
  • फिचर
  • आर्थिक
  • खेलकुद
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • बगमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • मधेश प्रदेश
    • कोशी प्रदेश

भर्खरै

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित

तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू

रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

लोकप्रिय समाचार

  • 1. राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
  • 2. राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
  • 3. विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
  • 4. तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
  • 5. रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो

ढोरपाटनका गोठालाको आयआर्जन बढ्यो

  • २०८२ श्रावण १६, बिहीबार १०:५३ गते प्रकाशित
  • ढोरपाटनका गोठालाको आयआर्जन बढ्यो

    बागलुङ – बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ। ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन्। बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो।

    पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन्। पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ।

    बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए। ‘पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो। हाल बर्खामा पनि पर्यटक भरिभराउ छन्, मोहीसमेत बिक्री हुन्छ,’ उनले भने, ‘पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु। गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन।’

    बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन्। बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए।

    उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ। तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो। ‘बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन,’ उनले भने, ‘पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ।’

    ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ। प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो।

    ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन्। समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन्। रासस

    सम्बन्धित समाचार

    राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
    राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    विश्वकप लिग-२ : यूएईमाथि नेपालको रोमाञ्चक जित
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    तोकिएको समयमै मल नउठाउने तथा कालोबजारी गर्नेको इजाजत पत्र खारेज गरिने व्यवस्था लागू
    रोल्पा जिप दुर्घटना  : मृतकको संख्या २० पुग्यो
    रोल्पा जिप दुर्घटना : मृतकको संख्या २० पुग्यो
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ
    सामान्य प्रशासन मन्त्रालयको निर्देशन- सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

    लोकप्रिय

    • 1.
      Hello world!

    • 2.
      यस्ता छन् सचिवहरुलाई प्रधानमन्त्रीको २६ बुँदे निर्देशन

    • 3.
      ५७ वटा नयाँ हिमाल आरोहणका लागि प्रक्रिया अघि बढ्यो

    • 4.
      आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    • 5.
      कृषि समितिको सभापतिमा कुसुमदेवी थापा निर्विरोध

    हाम्रो बारेमा

    कजिनसरा मिडिया प्रालिद्वारा संचालित 
    तिब्र न्युज डटकमले आर्थिक, सामाजिक,
    राजनीतिकसहित विविध विषयको समाचार
    पाठकलाई पस्किँदै आएको छ ।

    सम्पर्क ठेगाना : काठमाडौं, धुमबाराही
    ईमेल : kajinsaranews@gmail.com
    फोन : 

    हाम्रो टीम

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    सम्पर्क

    प्रबन्ध निर्देशक : शुसिल कोइराला

    प्रकाशक : ऋषिराम अधिकारी 

    व्यवस्थापक : दीपेन्द्र सिलवाल

    संवाददाता : खुसिमाया गुरुङ

    संवाददाता : दीपा पौडेल

    सल्हाकार :

    -विकास भण्डारी

    -कल्पना घिमिरे पौडेल

    - रमेश कुँवर

    - सुदिप सेढाई 

    -  विकास सापकोटा

    - सञ्जय प्रताप पाण्डे 

    - सतिस पराजुली

    -दावा ढिन्डुप तामाङ

    Copyright ©2025 Tibranews | All rights Reserved.
     Website By :  A1softInternational