विश्वका धनी व्यक्तिको सूचीबाट तल झरे अम्बानी, यी हुन् मुख्य १० धनी व्यक्ति
काठमाडौं- भारत र एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा एक स्थान तल झरेका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी लामो समयसम्म यो सूचीमा ११ नम्बरमा थिए तर अहिले उनी १२औँ स्थानमा आएका छन् ।
अमेरिकाको विशाल एआई चिप निर्माता एनभिडियाका संस्थापक र सीईओ जेन्सेन हुआङ उनीभन्दा अगाडि छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अम्बानी र हुआङको कुल सम्पत्ति ११३ अर्ब डलर बराबर छ । तर, ह्वाङ दशमलव पछिको गणनामा अगाडि बढेका छन् । शुक्रबार, उनको कुल सम्पत्ति ४.७३ बिलियन डलरले बढ्यो, जबकि अम्बानीको कुल …
अमेरिकामा ममता बेपत्ता प्रकरण : पति नरेश घरबाटै पक्राउ, १० महिने छोरीको जिम्मा प्रहरीले लियो
भर्जिनिया (अमेरिका)– अमेरिका बस्दै आएकी एकजना नेपाली युवती गत साउन १६ गतेदेखि गायब भएपछि उनका पतिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता काफ्ले अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा परेको अवस्थामा पति नरेश भट्टलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।
ममता बेपत्ता भएको प्रकरणमा उनका पति नरेशलाई मुख्य अभियुक्त मान्दै पक्राउ गरेको प्रहरीले उनीहरूकी १० महिने छोरीलाई पनि आफैंसँग लगेको छ ।
२३ दिन बितिसक्दा पनि ममताको अवस्था पत्ता लाग्न सकेको छैन । नर्सका रुपमा अमेरिकामा कार्यरत ममताले घरबाट …
अमेरिकी राष्ट्रपति चुनाब : डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिंदै कमला ह्यारिश
काठमाडौं । एक महिना अगाडिसम्म अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवारहरूको प्रतिस्पर्धा जस्तो थियो । अनि, पहिलो टेलिभिजन बहसपछि डेमोक्र्याटहरूलाई असाध्यै डर लागिरहेको थियो, वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि सत्तामा आउने त होइनन् ?
अमेरिकी इतिहासमा ट्रम्प एकमात्र पूर्वराष्ट्रपति हुन्, जसले एउटा चुनावमा पराजयपछि पनि फेरि फर्किन प्रयास गरेका छन् । आपराधिक मामिलामा दोषी ठहर हुनुपूर्व नै चुनावी दौडमा होमिएका उनले केही उपलब्धि हात पनि पारिसकेका थिए ।
तर २१ जुलाइमा अमेरिकी राष्ट्रपति चुनावमा नयाँ ट्वीस्ट आयो, जब राष्ट्रपति बाइडेनले डेमोक्रेटिक पार्टीको उम्मेदवारको दौड …
भारतमा चर्कियो आरक्षणको मुद्दा
काठमाडौँ । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाति संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरूले पनि समर्थन गरेका छन् ।
बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरू पार्टीको झण्डासहित शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् ।
बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ …
तीन अन्तर्राष्ट्रिय संस्थाले औँल्याए ‘सत्य निरूपण विधेयकमा गम्भीर त्रुटि’
प्रतिनिधि सभाले बहुमतले पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा गम्भीर त्रुटि रहेको तीन वटा अन्तर्राष्ट्रिय संस्थाले औँल्याएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिशन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो त्रुटि औँल्याएका हुन् ।
प्रतिनिधिसभाले बहुमतले पारित गरेको उक्त विधेयक राष्ट्रियसभामा विचाराधीन छ । नेपालका राजनीतिक दलहरूले नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय चासो र पीडितका मागलाई समेत समेटेको बताइरहँदा ती संस्थाहरूले जेनेभाबाट मंगलवार संयुक्त विज्ञप्ति जारी गरी उक्त विधेयकमा त्रुटि औँल्याएका हुन् ।
नेपालमा सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा न्याय, जबाफदेहिता र उपचार …
सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या
काठमाडौं – भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ।
कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्।
अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन्।
अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन्।
सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको …
बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह
बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गरेको बीबीसीले जनाएको छ । उनी आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।
राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख …